के ओरालो लागेकै हो सेञ्चुरी बैंक, नाफा घटेर भयो यस्तो हाल

४ बर्ष अगाडि

काठमाडौं – सेञ्चुरी बैंकको नाफा घटेको छ ।

अघिल्लो आर्थिक वर्षको ९ महिनामा कमाएको रु  ६७ करोड १५ लाख नाफाको तुलनामा बैंकको नाफा करिब ९ प्रतिशतले घटेर रु ६१ करोड ६ लाखमा सीमित भएको हो ।  

कर्जाको आकारमा १०/१० अर्बको सुधार र खुद ब्याज आम्दानीमा उल्लेख्य सुधारका बाबजुद सञ्चालन तथा कर्मचारी खर्चमा वृद्धि हुँदा बैंकको नाफा घट्न पुगेको हो ।

बैंकको निष्क्रिय कर्जा अनुपात ०.७६ बाट बढेर १.५३ प्रतिशत पुगेको छ भने सीसीडी अनुपात ८० प्रतिशतको नजिक पुगेको छ । तर कस्ट अफ फण्ड, बेसरेट र स्प्रेडदरमा भने बैंकको अवस्था सुधारिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया