एभिन्युज काण्डमा बाबुराम भट्टराइको ट्वीट...

४ बर्ष अगाडि

काठमाडौँ – उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव एक लाइभ कार्यक्रमबाट माइक फाल्दै बाहिरिएका छन् । 

एभिन्युजको "सकस राजनीति" कार्यक्रमबाट मन्त्री यादव माइक फाल्दै निस्किएका हुन् । कार्यक्रम चलिरहदा पत्रकार शुसील पाण्डेले खरो प्रश्न गरेपछी मन्त्री यादव माइक फाल्दै निस्किएका हुन् । 

पत्रकारले प्रश्नको जवाफ दिन नसके तपाइ जान सक्नु हुन्छ भनेपछी मन्त्री यादव कार्यक्रम छाडेर बाहिर निस्केका हुन् । 

उपेन्द्रको यस्तो भिडियो भाइरल भएपछी समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले जवाफ दिएका छन् । उनले एक ट्वीट गर्दे लेखेका छन्,केही मिडियाकर्मीको यस्तो अहंकारी,उदण्ड,अशिष्ट र असनको साँढे जस्तो व्यवहारले सरकारले अहिले ल्याएको मिडियाको टाउकोमा जाँतो झुण्ड्याउने विधेयकको विरोध गर्नेहरू सबैलाई अप्ठेरोमा पार्छ है!यो अति निन्दनीय र गम्भीर छ!एक विराउने शाखा पिराउने भन्ने लोकोक्ति छ!मिडियानेतृत्वको ध्यान पुगोस्!

 

४ बर्ष अगाडि

प्रतिक्रिया