चीनलाई प्रतिकार नगर्न ट्रम्पको आग्रह

४ बर्ष अगाडि

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई चीनलाई प्रतिकार नगर्न ट्रम्पले आग्रह  गरेका छन् । उनले चिनियाँ सामानमाथि अमेरिकाले गरेको कर वृद्धिको प्रतिकार नगर्न सोमबार चीनलाई अनुरोध गर्दै ट्वीट गरेका हुन् ।

केही साताअघि अमेरिकाले दुई खर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमाथि करवृद्धि गरेका थिए । अमेरिकाले चीनलाई यसअघि लगाइएको १० प्रतिशत कर वृद्धिलाई २५ प्रतिशतसम्म बढाउने निर्णय गरेसँगै चीनले बदलामा लिनसक्ने निर्णयबाट डराएका ट्रम्पले यस्तो आग्रह गरेका हुन् ।

चीनले बदला लिँदा दुई देशको सम्बन्ध झन चिसिन सक्ने उनको तर्क छ । ट्रम्पले ट्वीट गर्दै लेखेका छन्, ‘चीनले कर वृद्धिको प्रतिकार गर्नु हुँदैन । यसले सम्बन्धलाई थप समस्यामा धकेल्ने छ ।’

४ बर्ष अगाडि

प्रतिक्रिया