नेप्सेमा फेरी देखियो समस्या, खुलेन कारोबार

४ बर्ष अगाडि

काठमाडौँ – नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को साईटमा पुनः समस्या देखिएको छ ।

समय-समयमा समस्या देखिएको नेप्सेको साईटमा मंगलबार पुनः समस्या आएको हो । मंगलबार नेप्सेको वेव साईट खुलेपनि कारोबार भने हुन सकेको छैन ।

नेटमा समस्या आउँदा नेप्सेको वेवसाईटमा समस्या आएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए । अहिले वल्र्ड लिंकको नेटमा समस्या आँउला नेप्सेको वेवसाईट नचलेको हो तर आन्तरिक रुपमा ब्रोकरले कारोबार भने गरिरहेको उनले जानकारी दिए ।

वेवसाईट नचल्दा सर्वसाधारण लगानीकर्ताले मार्केट डेप्थ हेर्न नपाउनुका साथै सेयर खरिदबिक्री गर्नबाट वञ्चित भएका छन् । बजारमा ब्रोकरले मात्र आन्तरिक रुपमा कारोबार गर्दै आएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया