कपिलसँग सुनिलको झगडा कायमै ? भने, ‘हेर्दा पनि हेर्दिनँ कमेडी शो’

४ बर्ष अगाडि


हास्यकलाकार एवं अभिनेता सुनिल ग्रोवर चाँडै नै सलमान खानको फिल्म भारतमा देखिँदैछन् । ५ जूनमा इदको मौकामा रिलिज हुने लागेको यो फिल्ममा उनप् सलमान खानको साथीको भूमिकामा देखिनेछन् ।

तर फिल्म भारतपछि सुनिलसँग कुन प्रोजेक्ट छ ? के उनी कपिल शर्मा शोमा फिर्ता हुनेछन् । यी प्रश्नको जवाफ उनले हालै एक अन्तरवार्तामा दिएका छन् ।

डिएनएलाई दिएको अन्तरवार्तामा सुनिलले जब सलमानले द कपिल शर्मा शो निर्माण गर्ने निर्णय लिए तब त्यतिबेला उनको सलमानसँग निकै लामो कुराकानी भएको बताए । उनले भने, ‘उनले मलाई फिल्ममा फिर्ता हुनका लागि मसँग चर्चा गरे तर कहिले पनि शोमा फिर्ता हुन दबाब दिएनन् ।’

स्मरण रहोस्, सुनिल ग्रोवरले कपिल शर्मासँग दुई वर्ष अघिको झगडाका कारण कमेडी शो छोडेका थिए । त्यसपछि उनले कपिलले माफी मागिसकेपछि पनि कार्यक्रममा फिर्ता हुन अस्विकार गरे ।

सुनिल ग्रोवर दुई वर्ष पुरानो कुरा अहिले पनि बिर्सिएका छैनन् । जब उनलाई कपिलको शो हेर्नुहुन्छ भनेर सोधियो तब यो प्रश्नको जवाफ दिँदै सुनिलले भने, ‘यदि म कुनै कार्यक्रममा छैन भने म त्यो हेर्दा पनि हेर्दिनँ ।’

कुनै अन्य कमेडी शोमा पुनः काम गर्नका लागि सुनिलले भने, ‘मलाई कमेडी निकै मनपर्छ । तर यतिबेला हामी कमेडीमा कुनै नयाँ काम गरिरहेका छैनौं । यस्तै, पुराना स्टाफलाई पुनः ल्याइरहेका छन् । हामीले केही नयाँ ट्राई गर्ने कोसिस गर्नुपर्छ ।’

सुनिलले आफूसँग कुनै नयाँ प्रोजेक्ट नभएको पनि खुलासा गरे । उनले भने, ‘भारत फिल्मको अफर आउँदा मेरो कुनै काम थिएन । भारत सुरु हुनका लागि जुन एक महिनाको खाली समय थियो त्यतिबेला मैले कानपुर वाले खुरानाज शो गरेँ । या ८ हप्ताको शो थियो । त्यसपछि म भारत सुटका लागि गएँ । साँचो कुरा बताउनुपर्दा अहिलेसम्म मसँग कुनै प्रोजेक्ट छैन । फिल्म रिलिज पनि के हुन्छ, हेरौं ।’

४ बर्ष अगाडि

प्रतिक्रिया