मस्तिष्क र शरीरको सुन्दरता

बैशाख ३१, २०७६ | आजको अर्थ
ajaako_artha

संस्कृत साहित्यका महाकवि कालिदास राजा विक्रमादित्यका प्रमुख सभापण्डित थिए । राजाले उनलाई अनेक प्रश्न सोधिरहन्थे भने कालिदास पनि आफूले जानेबुझेजति तर्कसंगत उत्तर दिएर राजालाई सन्तुष्ट बनाउने गर्थे । उनको उत्तर दिने शैली राजालाई असाध्यै मन पथ्र्यो भने बाँकी सभापण्डितचाहिँ उनको तार्किकता, विद्वत्ता र प्रत्युत्पन्न मतिको भित्रभित्रै ईष्र्या गर्थे । 

एक दिन राजा विक्रमादित्यले कालिदाससित प्रश्न गरे(कविज्यू, तपाईं असाध्यै विद्वान् हुनुहुन्छ, तर तपाईंको शरीर भने बुद्धिजस्तो सुन्दर छैन । यसको कारण के हो रु के हामी थाहा पाउन सक्छौँ रु राजाको प्रश्न सुनेपछि कालिदासले तत्काल कुनै प्रतिक्रिया या जवाफ दिएनन् । उनले यताउताका कुरा गरेर राजाको जिज्ञासालाई त्यत्तिकै अल्झाइदिए ।  

एक दिन राजाले आफ्ना सेवकलाई पिउने पानी ल्याउने आदेश दिए । राजाको आदेश पाउनासाथ पानी लिन गएको सेवकलाई कालिदासले इसारा गरेर एउटा चाँदीको र अर्को माटाको गिलासमा पानी ल्याउन लगाए । सेवकले कालिदासको इसाराअनुसार नै पानी ल्यायो । त्यसरी पानी ल्याएको देखेर राजा छक्क परे । उनले केही बोल्नुअघि नै कालिदासले भने– महाराज, हजुरका लागि मैले नै विशेष अनुरोध गरेर दुई अलग–अलग गिलासमा पानी ल्याउन लगाएको हुँ । हजुर दुवै गिलासको पानी पिउनुहोस् महाराज १ राजाले पनि कालिदासको अनुरोधअनुसार दुवै गिलासको पानी पिए । केही समयपछि कालिदासले विनम्रतापूर्वक राजासित प्रश्न गरे– महाराज, यी दुईमध्ये कुनचाहिँ गिलासको पानी हजुरलाई बढी शीतल लाग्यो रु राजाले सरलतापूर्वक जवाफ दिए( पक्कै पनि माटाको गिलासको पानी बढ्ता शीतल र केही हदसम्म मिठो पनि थियो । 

राजाको जवाफ सुनेपछि कालिदासले हल्का मुस्कुराउँदै भने– महाराज जसरी पानीको शीतलता गिलासको सुन्दरतामा निर्भर हुँदैन, त्यसैगरी मान्छेको बुद्धिको सुन्दरता पनि उसको शरीरको सुन्दरतामा निर्भर हुँदैन । राजाले आफूले केही दिनअघि गरेको प्रश्नको तार्किक जवाफ पाए ।नयाँपत्रिकाको प्रेरक प्रसंग महाकवि कालिदास ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.८९११५.४९
European Euro१२४.३५१२५.००
UK Pound Sterling१४८.२२१४८.९९
Swiss Franc११७.२०११७.८१
Australian Dollar७५.८३७६.२३
Canadian Dollar८६.४२८६.८७
Singapore Dollar८१.९३८२.३५