म्यानचेस्टर सिटीलाई च्याम्पियन लिगमा प्रतिबन्ध लाग्न सक्ने

४ बर्ष अगाडि

एजेन्सी – युरोपेली फुटबलका आर्थिक नियामकहरुले म्यानचेस्टर सिटीलाई च्याम्पियन्स लिग खेल्न प्रतिबन्ध लगाउन सुझाव दिएका छन् ।

प्रिमियर लिग विजेता सिटीले आर्थिक स्वच्छतासम्बन्धी नियम उल्लंघन गरेको भन्दै प्रतिबन्ध लगाउन सिफारिस गरेको न्युयोर्क टाइम्सको समाचारमा छ । 

सिटीले आर्थिक ‘फेयर प्ले’ नियम उल्लंघन गरेको भन्दै एक जर्मनी मेगजिनमा समाचार आएपछि युरोपेली फुटबलको सन्चालक संस्था युनियन अफ युरोपियन फुटबल एसोसिएसन ९युईएफए० र प्रिमियर लिगले एक टोली बनाएर अनुसन्धान थालेको थियो । सिटीको आर्थिक मामिला अनुसन्धान गरिरहेको युईएफएको आर्थिक नियामक समितिको अनुसन्धान टोलीका सदस्यहरु दुई साताअघि प्रतिवेदनलाई अन्तिम रुप दिन स्विटजरल्याण्डमा भेला भएको समाचारमा जनाइएको छ । 

अनुसन्धान टोलीले सिटीले आर्थिक स्वच्छता कायम नराखेको प्रतिवेदन दिनसक्ने जनाइएको छ । त्यसपछिमात्र सिटीमाथि कहिलेदेखि प्रतिबन्ध लाग्ने वा नलाग्ने तय हुनेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया