अर्बौ कमाउने इन्टरनेट सेवा प्रदायकको यस्तो छ दादागिरी

४ बर्ष अगाडि

काठमाडौं – सरकारी सम्पत्तिमामा खुलमखुल्ला लुटपाट गर्न पाउने भएपछि महादेवको पनि तेस्रो नेत्र खुल्छ । यस्तै भएको छ नेपालमा । पछिल्लो दिनमा  नेपाल विद्युत प्राधिकरणको साधन र स्रोत प्रयोग गरी अर्बौको व्यापार गर्ने इन्टरनेट सेवा प्रदायकले प्राधिकरणलाई भाडा नतिर्ने धम्की दिएका छन् ।

उनीहरुले प्राधिकरणको पोल भाडाका विषयमा चर्किएको विवाद सतहमा आएको छ । विवाद बढेपनि त्यसलाई पछिल्लो दिनमा साम्य पार्ने प्रयास भएको छ । तर त्यो प्रयासले काम नगर्ने देखिएको छ । इन्टरनेट सेवा प्रदायक प्राधिकरणलाई तार र पोलमा प्रयोग गरे वापतको भाडा तिनृ तयार भएका छैनन् ।

पछिल्लो पटक प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संघबीच भएको छलफलमा १० दिनभित्र समस्या समाधान गर्ने सहमति जुटेको बताइन्छ ।

दश दिनभित्र दुबै पक्ष बसेर समस्या समाधान गर्ने सहमति भएको बताइन्छ । प्राधिकरणले पोल भाडा वृद्धि गरेपछि इन्टरनेट प्रदायक कम्पनीले भाडा सम्झौंता नै गर्न आनकानी गरेका थिए । प्राधिकरणले भाडा तिर्ने सम्झौंता नगरेपछि तार काट्ने चेतावनी दिएपछि विवाद चर्किएको थियो ।  

प्राधिकरण, नेपाल दूरसंचार प्राधिकरण र संघ बसेर पोल भाडादर समायोजन गर्ने सहमति समेत भएको छ । जानकारहरुको अनुसार  ९६ कोरको तारबाट एकीकृत सेवा लिएमा सस्तो पर्ने जानकारी गराएको बताइन्छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया