गर्भपतन कानूनको विरोध गर्दै अभिनेत्रीद्धारा ‘यौन हड्ताल’

४ बर्ष अगाडि

एजेन्सी – विवादास्पद नयाँ गर्भपतन कानूनको विरोध गर्दै अभिनेत्री तथा सामाजिक अभियन्ता अलिसा मिलानोले ‘यौन हड्ताल’ को आह्वान गरेकी छिन् । अमेरिकाको जर्जिया राज्यमा नयाँ गर्भपतन सम्बन्धि कानून ल्याएपछि मिलानोले विरोध गर्दै ‘यौन हड्ताल’ घोषणा गरेकी हुन् ।

अमेरिकामा गर्भपतनलाई नियन्त्रण गर्नका लागि कानून ल्याउने जर्जिया अमेरिकाको पछिल्लो राज्य हो । हर्टबिट बिल नाम दिइएको विधेयकलाई त्यहाँका गर्भनर ब्रायन केम्पले गत मंगलबार हस्ताक्षार गरेसँगै कानूनका रुपमा अघि आइसकेको छ भने आगामी जनवरी १ बाट यो कानून लागू हुने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

‘जबसम्म महिलासँग आफ्नो शरिरलाई वैधानिक रुपमा नियन्त्रण गर्ने अधिकार हुँदैन, तबसम्म हामी गर्भधारण गर्ने जोखिम उठाउन सक्दैनौं’ मिलानोले ‘सेक्स स्ट्राइक’ ह्यासट्याग राख्दै ट्विट गरेकी छिन् । यससँगै अमेरिकामा गर्भपतनबारे नयाँ बहस शुरु भएको छ । केहीले मिलानोको अभिप्राय सहि भएपनि यौन हड्ताल सही कदम नभएको जनाएका छन् भने केहीले उनको कदमको स्वागत गरेका छन् ।

यो कानून अनुसार गर्भमा बच्चाको मुटुको धढ्कन चल्न शुरुगरेपछि महिलाले गर्भपतन गराउन पाउने छैनन् । गर्भमा बच्चाको मुटुको धढ्कन ६ साता पछि चल्न शुरु हुने महिलालाई आफू गर्भवती रहेको थाहा पाउन ९ सातासम्म लाग्ने बताइन्छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया