‘खामोश’ भन्न चाहन्छु भन्दै शत्रुघन सिन्हाले भने: अब मोदीले झोला बोकेर र हिँड्ने समय आयो

४ बर्ष अगाडि

भारत – एक महिनाअघिमात्र भारतीय जनता पार्टी (भाजपा) सँगको झण्डै ३ दशक लामो सम्बन्ध तोडेर भारतीय कांग्रेस प्रवेश गरेका एक समयका चर्चित कलाकार शत्रुघन सिन्हाको ‘खामोश’ (चुप) भन्ने शैली धेरैले रुचाउँछन् । 

यतिखेर तिनै सिन्हा यो डायलगबाट फेरि चर्चामा छन् । आफ्नो निर्वाचन क्षेत्र बिहारको पटना साहिबमा लोकसभा चुनावको प्रचारमा खटेका सिन्हालाई सोधियो, तपाई प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाहलाई के भन्न चाहनुहुन्छ ? उनले भने, ‘खामोश !’

त्यसपछि सिन्हाले सन् २०१६ मा मोदीले गरेको एउटा भाषणकै शब्द सापटी लिएर भने, ‘प्रधानमन्त्री मोदीले अब आफ्नो झोला बोक्ने र हिँड्ने समय आएको छ ।’ रातारात ठूलो परिमाणका नोट चलनमा बन्द गरेपछि विपक्षीले गरेको आलोचनामा मोदीले भनेका थिए, ‘विपक्षीले मलाई के नै गर्न सक्छन् ? म त एक फकिर हुँ । म मेरो झोला उठाउँछु र जान्छु ।’  

४ बर्ष अगाडि

प्रतिक्रिया