आगामी आवमा खानेपानी मन्त्रालयलाई ३२ अर्ब बजेट, मेलम्चीले कति पाउला ?

४ बर्ष अगाडि

काठमाडौं – खानेपानी मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ५७ करोड ४९ लाख बजेट सिलिङ प्राप्त गरेको छ । राष्ट्रिय योजना आयोगले उपलब्ध गराएको सोही सिलिङ भित्र रहेर मन्त्रालयले आगामी आर्थिक वर्षकालागि योजना तथा कार्यक्रम निर्माण गरिरहेको छ ।

सरकारले आगामी आर्थिक वर्षभित्रै मेलम्चीको पानी उपत्यकाबासीका धारामा ल्याउने घोषणा गरेको छ । मेलम्ची आयोजनाका लागि भने रु ३ अर्ब ५० करोड बजेट विनियोजन हुने भएको छ ।

खानेपानी मन्त्रालयले पेश गरेको आगाामी आर्थिक वर्षको बजेट विनियोजनका आधार विवरण अनुसार ७ हजार ७१५ वटा खानेपानीका आयोजना सञ्चालनमा रहेका छन् ।

हाल तराई मधेशमा ३० हजार, पहाडमा १० हजार र हिमालमा ५ हजार जनसंख्याका भएका शहरहरुमा संघीय सरकारले खानेपानी आयोजना सञ्चालन गर्ने छ ।

हाल ८८ प्रतिशत नागरिकमा आधारभूत खानेपानीको पहुँच पुगेको छ । सरकारले आगामी पाँचबर्ष भित्र शतप्रतिशत नागरिकमा आधारभूत खानेपानीको पहुँच पुग्ने लक्ष्य निर्धारण गरेको छ ।

मन्त्रालयले आगामी एक वर्षभित्र ७५३ वटै स्थानीय तहमा खानेपानीको गुरु योजना तयार पार्ने तयारी गरेको  छ । त्यस्तै, आगामी आर्थिक वर्षभित्रै देशलाई खुला दिशाामुक्त घोषणा गर्ने तयारी गरेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया