आँखामा पहेँलो धब्बा देखिएमा पागलपनको लक्षण हुन सक्छ

४ बर्ष अगाडि

एजेन्सी – उमेर बढ्दै गएपछि प्रायः मानिसको आँखामा पहेँलोपन देखिने गर्छ । लामो समयसम्म यस्तो धब्बा देखिँदासमेत सामान्य मान्ने हाम्रो बानी छ । तर, यस्तो धब्बा भएमा २५ प्रतिशत बढी अल्जाइमरको सम्भावना हुने एक अनुसन्धानको पत्ता लगाएको छ ।

त्यसैले, आँखामा भएको यस्तो धब्बालाई कहिल्यै पनि बेवास्ता गर्नुहुँदैन । उक्त अनुसन्धानका अनुसार आँखामा सानै भए पनि पहेँलो धब्बा देखिएमा डिमेन्सिया अर्थात् पागलपनको सुरुवाती लक्षण पनि हुन सक्छ ।

सामान्यता, फ्याट र क्याल्सियम जम्मा भएपछि यस्तो धब्बा हुने गर्छ । यो धब्बा रेटिनाभन्दा तलको पत्रमा हुने गर्छ । र, यस्तो रङ बिस्तारै छालामा देखिन थाल्छ ।

यदि यस्तो भएमा छिट्टै जचाईहाल्नु पर्दछ । नत्र यसले गम्भीर अवस्था पनि निम्त्याउन सक्छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया