तीनकुनेमा क्रिकेट खेल्दै सन्दीप

४ बर्ष अगाडि

काठमाडौँ – नेपाली लेग स्पिनर सन्दीप लामिछाने यति बेला कुनै विदेशी लिगमा व्यस्त छैनन् । पछिल्लो एक वर्ष अन्तर्राष्टिय फ्रेन्चाईज लिग र राष्ट्रिय टोलीबाट खेल्दै व्यस्त रहेका सन्दीप अहिले केहि समय फुर्सदमा छन् ।

इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेर गत शनिवार नेपाल फर्किएका सन्दीप अव केहि समय आरामसँगै साथीभाईसँग समय बिताउने छन् । यसै क्रममा सन्दीपले बिहीबार विहान तीनकुनेमा क्रिकेट खेल्न पुगेको तस्बिर सामाजिक संजालमा राखेका छन् । सन्दीपले राजधानीको तीनकुनेमा क्रिकेट खेलिरहेका खेलप्रेमीसँग सामान्य रुपमा क्रिकेट खेलेका तस्विर सार्वजनिक गरेका छन् ।

उनले तीनकुनेमा क्रिकेट खेल्दा सानोमा साथीसँग टेनिस बलले खेल्दाको याद आएको उल्लेख गरेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया