क्याटलान सरकारले गर्‍यो मेस्सीलाई सबैभन्दा ठूलो सम्मान

४ बर्ष अगाडि

एजेन्सी – अर्जेन्टिनी स्टार तथा बार्सिलाेनाका कप्तान लियोनल मेस्सीलाई क्याटलान सरकारले ‘क्रेउ डे सान्ट जोर्डी–२०१९’ अवार्डबाट सम्मान गरेको छ । ३१ वर्षीय  मेस्सीलाई फुटबलको माध्यामबाट क्याटलान क्षेत्रको प्रतिष्ठा विश्वभर फैलाएको भन्दै यस अवार्ड प्रदान गरिएको हो ।

स्पेनको एक स्वायत्त क्षेत्र (राज्य) का रूपमा मान्यता प्राप्त क्याटलान सरकारले प्रदान गर्ने यस अवार्ड ‘क्याटलान अवार्ड’का नामले पनि परिचित छ । यस अवार्डलाई क्याटलान सरकारको सबैभन्दा सम्मानित र ठूलो अवार्ड मानिन्छ । यो अवार्ड पाउने मेस्सी दोस्रो फुटबलर हुन् । यसअघि यो अवार्ड सन् २००६ मा फुटबल जोन क्रुइजफलाई पनि प्रदान गरिएको थियो ।

फुटबलका माध्यमबाट क्याटलानको समृद्धिमा योगदान दिएको, विभिन्न च्यारिटी तथा सामाजिक कार्यमार्फत समाजलाई उच्च योगदान दिएकाले मेस्सील यस अवार्डको हकदार बनेको उल्लेख गरिएको छ । क्याटलानका राष्ट्रपति क्विम टोरराले मेस्सीलाई अवार्ड प्रदान गरेका थिए । अवार्ड ग्रहण समारोहमा मेस्सी परिवारसहित गएका थिए ।

अवार्ड समारोहमा बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउलगायत क्लबका अन्य अधिकारी पनि सहभागी थिए । युरोपियन च्याम्पियन्स लिगबाट बार्सिलोना बाहिरिएपछि केही निराश देखिएका मेस्सी यस अवार्ड थाप्दा हँसिलो देखिन्थे ।

४ बर्ष अगाडि

प्रतिक्रिया