आजबाट सिनेमा घरमा ‘जात्रै जात्रा’ र ‘वीर विक्रम–२’ प्रदर्शन

४ बर्ष अगाडि

शुक्रबारदेखि चलचित्र ‘जात्रै जात्रा’ र ‘वीर विक्रम–२’ प्रदर्शनमा आएका छन् । दुवै चलचित्र सिक्वेलका रूपमा निर्माण भएका हुन् ।

प्रदीप भट्टराई निर्देशित ‘जात्रै जात्रा’ ‘जात्रा’ को सिक्वेल हो । यसले बक्स अफिसमा उत्कृष्ट व्यापार गरेको थियो ।

‘जात्रा’मा भेटिएको पैसा पुलिसलाई बुझाउँदा ३ करोडमा २ करोड ८० लाख रुपैयाँ नक्कली फेला परे पछि उक्त जिज्ञासा मेटाउन सिक्वेल बनेको हो ।

जात्रै जात्रामा विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत र दयाहाङ राईको मुख्य भूमिका छ ।

मिलन चाम्से निर्देशित ‘वीर विक्रम–२’ ‘वीर विक्रम’ को सिक्वेल हो, यसमा पल शाह, निरज हुसेन, वर्षा शिवाकोटी र बुद्धि तामाङलगायत कलाकारको अभिनय छ ।

‘वीर विक्रम’मा दयाहाङ राई, दिया पुन, अनुपविक्रम शाही र अपर्ण थापाको अभिनय थिए । यसपटक भने नाजिर हुसेन मात्रै दोहोरिएका छन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया