रुपन्देहीको रामनगरमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

४ बर्ष अगाडि

रामनगर– प्रभु बैंकले रुपन्देहीको वुटवल उपमहानगरपालिका वडा नं. १० रामनगरस्थित श्रम तथा रोजगार कार्यालयको परिसरमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

बुटवल रामनगरस्थित श्रम तथा रोजगार कार्यालयका कार्यालय प्रमुख बालकृष्ण थापाले एक समारोहका बीच एक्स्टेन्सन काउण्टरको उद्घाटन गरे ।

थापाले श्रम तथा रोजगार कार्यालयको सम्पूर्ण कारोबार आजैदेखि बैंकिङ्ग प्रणालीमा प्रवेश गरेको जानकारी गराउँदै कार्यालयमा आउने सेवाग्राहीहरुलाइ कार्यालयमा रकम बुझाउन अनावश्यक झन्झट नहोस् भन्ने अभिप्रायले प्रभु बैंकसँग आवश्यक सहमती गरी बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याईएको बताए । 

आजदेखि सञ्चालनमा आएको काउण्टरबाट बुटवलस्थित श्रम तथा रोजगार कार्यालयको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणालीमा प्रवेश गरी व्यवस्थित हुनेछ तथा श्रम तथा रोजगार कार्यालयबाट विभिन्न सेवा उपभोग गर्ने सेवाग्राहीहरुलाई विशेष गरी बैदेशीक रोजगारमा जान चाहने नेपाली नागरिकहरुलाई आवश्यक पर्ने श्रम स्वीकृति लिन सहज हुने विश्वास बैंकको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया