सुसाइड नोट लेखेर हलिउड अभिनेताले गरे आत्महत्या

४ बर्ष अगाडि

एजेन्सी – हलिउड अभिनेता इसाक क्यापीले आत्महत्या गरेका छन् ।  क्यापीले एरिजोनाको फ्ल्यागस्टाफ नजिक एउटा पुलबाट हाम्फालेर आत्महत्या गरेको  यूएस टुडेको एक रिपोर्टमा बताइएको छ ।

४२ वर्षीय इसाकले  सुपरहिट हलिउड फिल्म ‘थोर’ मा अभिनय गरेका थिए । आत्महत्या गर्नुअगाडि अभिनेता इसाकले इन्स्टाग्राममा एक सुसाइड नोट पनि पोष्ट गरेका थिए ।

‘मैले सधैँभरि सोचेंँ कि म एउटा राम्रो मानिस हुन सकुँ । तर, यस्तो हुन सकेन किनकि मैले यस्तो गर्न सकिनँ । मेरो छवि एउटा खराब मानिसको छ । मैले धेरै मानिसहरुलाई धोका दिएको छु । ड्रग्स लिन्थेँ र आफ्नो शरीरलाई पनि नोक्सानी पु¥याउथेँ । म आफूप्रति एकदमै लज्जित छु ।’ सुसाइड नोटमा लेखिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया