दुबईमा विमान दुर्घटना, सवार सबैको मृत्यु

४ बर्ष अगाडि

एजेन्सी – दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक एक सानो विमान दुर्घटना भएको छ ।

सो विमान दुर्घटनामा  चार जनाको मृत्यु भएको छ। डीए–४२ नामक उक्त विमानमा दुई यात्रु, चालक र सहचालक थिए।

विमानमा सवार चारै जनाको मृत्यु भएको बतााइएको छ ।  मृत्यु हुेनमा तीन ब्रिटिश तथा एक दक्षिण अफ्रिकी नागरिक भएको यूएईका अधिकारीहरूले जनाएका छन्। सो विमान बिहीवार साँझ ७ बजेर ३० मिनेटमा दुर्घटना भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

सो दुर्घटनापछि  दुबई अन्तर्राष्ट्रिय विमानस्थल झन्डै ४५ मिनेट बन्द भएको थियो। विमानस्थलतिर आएका विमानलाई अन्तै मोडिएको थियो भने उड्न लागेका विमानहरू ढिलो उडेका थिए।

४ बर्ष अगाडि

प्रतिक्रिया