रोकिएनन् आँसु मिस मगर नेपालको सेल्फ ट्यालेन्ट राउण्डमा

४ बर्ष अगाडि

मिस मगर नेपाल सिजन ४ की प्रतियोगी केशरी रानामगरको अभिनयले सहभागीहरुलाई भावुक बनाएको छ । एसटी क्र्रियशनद्धारा आयोजित मिस मगर नेपाल सिजन ४, २०१९ को सेल्फ ट्यालेन्ट राउण्ड निर्मला हत्याकाण्डमा आधारित अभिनय प्रस्तुत गरेकी मगरको जीवन्त अभिनयले कार्यक्रममा उपस्थितहरुको आँखा रसाएको थियो ।

 विभिन्न ठाउँबाट सहभागी १० जना प्रतियोगीहरुले अभिनय, नृत्य, वक्तृत्वलगायतका आफूमा रहेको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गरेका थिए । ट्यालेन्टका आधारमा निश्पक्ष ढङ्गले दिइएका नम्बरहरु ग्राण्ड फिनालेमा प्रतियोगीहरुको टोटल नम्बरमा जोडिने निर्णायक पोखरेली युवा सांस्कृतिक परिवारका पूर्वअध्यक्ष एवं संस्कृतिकर्मी शिव थापा मगरले बताउनुभयो ।

 कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले मगर समुदाय र नेपाली मगर महिला सशक्तिकरणका लागि नेपाल मगर संघ सधैँ सकरात्मक भएकाले यस्ता कार्यक्रमले आफूका भएको प्रतिभा मात्र नभई भविष्यमा कुनै क्षेत्रमा लाग्न प्लेटफर्म भएको बताउनुभयो ।

 कार्यक्रमको अध्यक्षता गर्नुभएका एसटी क्रियशनका म्यानेजर सुरज थापामगरले प्रतियोगीहरुलाई आफूले सिकेका कुरालाई व्यवहारमा उतारेर जीवनलाई सफल र असल बनाउन आग्रह गर्नुभयो । यही आउँदो जेठ १० गते हुने पोखरा ग्राण्डमा हुने मिस मगर नेपाल सिजन ४, २०१९ को ग्राण्ड फिनाले कार्यक्रममा उपस्थित हुन थापाले आग्रह गर्नुभयो । फिनालेमा नेपाल आइडल सिजन २ का टप सेभेन निलिमा थापा मगर, वुगी उगीका फस्ट रनर अप प्रगति पुन मगरको प्रस्तुतिसँगै विविध सांस्कृतिक कार्यक्रम गरिनेछ ।

कार्यक्रममा निर्णायकहरुमा पोखरा कलाकेन्द्रका सञ्चालक तथा नृत्य निर्देशक एवं नेपाल मगर संघ कास्कीका अध्यक्ष राहुल थापा मगर, पोखरेली युवा सांस्कृतिक परिवारका पूर्वअध्यक्ष एवं संस्कृतिकर्मी शिव थापा मगर, मिस मगर नेपाल २०१४ की सेकेन्ड रनरअप सरला थापा मगर रहेका थिए भने कार्यक्रमको सञ्चालन जुना थापा मगरले गरेकी थिइन् ।

कार्यक्रममा प्रतियोगीहरु सानियाँ पुन मगर, मेलिना श्रीस मगर, उषा पुन मगर, सनम गर्बुजा मगर, एलिसा बुढामगर, रिमान्स थापामगर, अस्मिता तिलिजा पुन मगरले नृत्य,  केशरी राना मगरले अभिनय र सोनी पुन मगरले राष्ट्रियतासम्बन्धी वक्तृत्व प्रस्तुत गरकी थिइन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया