इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले ६ लाख ७४ हजार कित्ता साधारण शेयर बिक्री गर्दै

४ बर्ष अगाडि

काठमाडौँ – शेयर बजारमा नयाँ नयाँ कम्पनीले साधारण शेयर बिक्री गर्न उत्साहित देखिएका छन् । त्यसैमा थपिएको छ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड ।

सो कम्पनीले यही जेठ १३ गतेबाट साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले रु १०० अंकित दरका शेयर १६ गतेसम्म बिक्री गर्ने जनाएको छ ।

कम्पनीले कुल ६ लाख ७४ हजार कित्ता साधारण शेयर बिक्री  गर्न लागेको हो । यसमध्ये ३३ हजार ७ सय कित्ता सामूहिक लगानी कोष र १० हजार ३७० कित्ता कर्मचारीलाई छुट्टयाएको छ ।

सर्वसाधारणले ६ लाख ४० हजार ३०० कित्ताका लागि आवेदन दिन पाउने छन्। न्युनतम १० कित्ता र अधिकतम ३३ हजार ७० कित्ता शेयरका लागि आवेदन दिन पाइने छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया