स्वाभिमान लघुवित्त वित्तीय संस्थाको आइपिओ बाँडफाँड,कसले कति पाए ?

४ बर्ष अगाडि

काठमाडौं – स्वाभिमान लघुवित्त वित्तीय संस्थाको आईपिओ बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले शेयर  बाँडफाँड गरेको छ ।

लघुवित्तको आइपिओ १८ हजार ५५८ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले प्राप्त गरेका छन् भने २० देखि पाँच हजार कित्तासम्म आवेदन गरेका भाग्यमानी ७ आवेदकले ११ कित्ता शेयर पाएका छन् ।

शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार स्वाभिमान लघुवित्तको आईपिओमा ३२.५० गुणा बढी कूल ३ लाख २७ हजार ४८६ आवेदकबाट ६० लाख ३१ हजार ११ कित्ता बराबरको रु ६० करोड ११ लाख ११ हजार बराबरको आवेदन परेको थियो ।

जसमध्ये ३ लाख २७ हजार ४८६ जनाबाट ६० लाख २४ हजार ७६० कित्ताको आवेदन सदर भएको थियो भने आईपिओमा आवेदन गरेका थिए ।

स्वाभिमान लघुवित्तले जारी पूँजीको ३२.११ प्रतिशत बराबरको एक लाख ९८ हजार ६१० कित्ता शेयर निष्काशन गरेको हो ।

स्वाभिमानको आईपिओ बाँडफाँड पश्चात कम्पनीको रु ६ करोड १८ लाख चुक्ता पूँजी पुगेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया