मतदान भइरहँदा पश्चिम बंगालमा हिंसा

४ बर्ष अगाडि

एजेन्सी – भारतको लोकसभा निर्वाचनामा आइतबार सातौं चरणको मतदान भइरहँदा पश्चिम बंगालका केही निर्वाचनक्षेत्रमा हिंसा भड्किएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

बिहानै पश्चिम बंगालको भाटपाडा क्षेत्रमा गाडीमा आगजनी र बम विष्फोट भएको छ । भारतीय जनता पार्टीले यसमा तृणमुल कांग्रेसका कार्यकर्ता दोषी रहेको आरोप लगाएको छ । 

यस्तै बारासात निर्वाचन क्षेत्रमा पनि हिंसा भड्किएको छ । 

लोकसभा निर्वाचन सुरु भएदेखि नै पश्चिम बंगालमा हिंसा भड्किएको छ । विगतमा कमजोर रहेको भाजपा पश्चिम बंगालमा आफ्नो हिस्सा बढाउने प्रयासमा छ भने प्रदेशमा सत्तारुढ तृणमुल कंग्रेस आफ्नो पकड पुन प्रमाणित गर्ने प्रयासमा छ ।

दुई पार्टीबीचको बढ्दो अस्वस्थ प्रतिस्पर्धाले यो राज्यको चुनाव निकै हिंसात्मक भएको छ । अन्तिम चरणमा आइतबार  पश्चिम बंगालसहित सात राज्यका ५९ सिटमा मतदान भइरहेको छ

४ बर्ष अगाडि

प्रतिक्रिया