तपाई पनि आलुभित्र रात बिताउने कि ?

४ बर्ष अगाडि

एजेन्सी – यो हो ६ टनको आलु जसको भित्र होटल बनाइएको छ । यदि आलुभित्र रात बिताउन चाहनुहुन्छ भने त्यो सपना पनि तपाईको सफल हुनेछ । 

हो, अमेरिकाको इदाहो राज्यमा यस्तै आलुको भित्र होटल बनाइएको छ । किसानहरूलाई जागरण ल्याउनका लागि यस किसिमको आलु बनाइएको हो । उक्त कृत्रिम आलु कंक्रिट, स्टिल र प्लास्टरले निर्माण गरिएको छ ।

यो सामान्य आलु नभएर ६ टनको आलु हो । यसभित्र रात बिताउन २४७ डलर बुझाउनुपर्ने हुन्छ । यसभित्र राम्रो इन्टेरियर डिजाइन गरिएको छ । यहाँ दुई जना व्यक्ति राम्रोसँग सुत्न सक्छन् । 

यसभित्र एउटा सानो बाथरुम र किचेन समेत बनाइएको छ । गर्मी महसुस नहोस् भनेर एयरकण्डिशनर समेत लगाइएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया