जब मरेको कुकुर आफ्नै चिहान खनेर निस्कियो !

४ बर्ष अगाडि

एजेन्सी – रुसमा मरेको भनेर गाडिएको एउटा कुकुर फिर्ता आएको छ । कुकुरका मालिकले आफ्नो कुकुर मरेको भनेर गाडिदिएका थिए । तर, उक्त कुकुर खाडल खनेर बाहिर निस्किएको थियो । 

खबरका अनुसार, १८ बर्षीय उक्त कुकुरको नाम डिक हो । जुन एकदमै गहिरो निद्रामा सुतेको थियो । डिकको मृत्यु भएको ठानेपछि उनका मालिकले कुकुरलाई गाडिदिएका थिए ।  

 उक्त कुकुर आफू गाडिएको ठाउँबाट खनेर बाहिर आएको थियो र सडकमा बेवारिसे र अशक्त बनेको कुकुरलाई मानिसले संरक्षण केन्द्रमा पु¥याएका थिए । पछि सामाजिक सञ्जालमा उक्त कुकुरको तस्विर सार्वजनिक भएपछि कुकुरका मालिकले आफ्नो कुकुरको जीवित रहेको थाहा पाए । 

कुकुरका मालिकले आफ्नो कुकुरलाई लिन संरक्षण केन्द्रमा पुगे । उनले कुकुर घरमा लिएर आए । ती कुकुरका मालिकले उक्त संरक्षण केन्द्रलाई आठ हजार रुपैयाँ सहयोग समेत गरेका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया