भारतीय जनता पार्टी द्वारा पुन: मतदान गराउन माग

४ बर्ष अगाडि

नयाँदिल्ली – भारतीय जनता पार्टीले पश्चिम बंगालमा कांग्रेसले मतदान हुदा हिंसा गरेको भन्दै  ७ सीटका लागि पुन: मतदान गराउन आग्रह गरेको छ । 

हिजो भएको चुनावमा तृणमूल कांग्रेसले हार हुने डरका कारण बुथमा हिंसा गरेको भन्दै भारतीय जनता पार्टीले पुन: मतदान गर्न आग्रह गरेको हो । 

पश्चिम बंगालमा नौ सिटको लागि भएको चुनावमा आइतबार ७२ प्रतिशत भन्दा धेरैले मताधिकारको अधिकार प्रयोग गरेका छन्,  ।

भाजपाका वरिष्ठ नेता मुकुल रायले भनेका छन्,‘डायमंड हार्बर, उत्तरी कोलकाता, दक्षिणी कोलकाता, जाधवपुर, बशीरहाट, मथुरापुर र जॉयनगरमा धेरै हिंसा भएको छ,तृणमुल कांग्रेसको गुण्डाले ज्यादा बुथमा भोट हाल्न दिएनन् । उनले भनेका छन्, म फेरी मतदान गराउन चाहान्छु । 

त्यसैगरी पश्चिम बंगालका भाजपाका अध्यक्ष दिलीप घोषले पनि हार देख्न नसक्ने भएको भन्दै कांग्रेसले गुण्डा लगाएर चुनावमा भोट हाल्न नदिएको आरोप लगाएका छन् । उनले भनेका छन्, कांग्रेसले जीत्छु भन्ने भरोसा भएको भए तृणमुलमा कांग्रेसका गुण्डाले भोट दिन किन रोके । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया