हिमाल दोलखाको आइपिओ आउँदै, गर्ने होइन लगानी ?

४ बर्ष अगाडि

काठमाडौं – हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले यही जेठ १४ गतेदेखि साधारण सेयर बिक्री  गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित इलाम र माइ नगरपालिकाका स्थानीयबासिन्दालाई रु  १६ करोड बराबरको १६ लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।

आईपीओ निष्कासन बन्द छिटोमा यही जेठ २८ र ढिलोमा आगामी असार १३ गतेसम्ममा हुने निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ । न्युनतम १० देखि १ लाख कित्तासम्म आवेदन दिन पाइने छ ।

कम्पनीले इलाम नगरपालिकाको ९ र १०, माइ नगरपालिकाको ९ का स्थानीयबासिन्दालाई आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले ८ मेगावाट र ४.५ मेगावाटको माइ र माइ क्यासकेड आयोजना सञ्चालन गरिरहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया