महिनावारीका वेला पेट दुखेमा के गर्ने ?

४ बर्ष अगाडि

डा. आस्था श्रेष्ठ स्त्रीरोग विशेषज्ञ वयोधा अस्पताल : महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसकिने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।

बच्ने उपाय

-पेट दुख्ने विभिन्न कारण भएकाले पहिले त के कारण हो, पत्ता लगाउनुपर्छ । पेट तथा जनेन्द्रियको आन्तरिक परीक्षण, अल्ट्रासाउन्ड, ल्याप्रोस्कोपी परीक्षणबाट कारण पत्ता लगाउन सकिन्छ । पत्ता नलागेसम्म जथाभावी औषधि प्रयोग गर्नुहुँदैन । 

-तल्लो पेटको कडा मांसपेशी नरम बनाउन घरमै बसेर हलुका मालिस गर्न सकिन्छ । तातो पानी, कपडा वा अन्य केही तातो वस्तुले हलुकासँग पेट सेक्दा पनि केही हदसम्म राहत मिल्छ । 

-अदुवा पानी तताएर खाँदा दुखाइ कम हुन्छ । सकेसम्म साथीहरूसँग घुम्ने, कुरा सेयर गर्ने अनि आराम गर्ने गर्नाले पनि हलुका महसुस हुन्छ ।नयापत्रिकामा खबर छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया