१६ वर्षीय छोरीलाई घरमा थुनेर बुवाआमा विवाहमा गएपछि...

४ बर्ष अगाडि

काठमाडौ – मुम्बईमा १६ वर्षकी एक किशोरीलाई आफ्नै आमाबुवाले घरमा बन्द गरेर जाँदा उनको मृत्यु भएको छ ।

छोरी घरमा पढेर बसोस् र बाहिर ननिस्कोस् भनी बाहिरबाट ताल्चा लगाएर एक विवाह समारोहमा गएका बुवाआमाले त्यहाँबाट फर्कँदा छोरीलाई कहिल्यै भेट्न पाएनन् । घरमा आगलागी भएपछि छोरी त्यहि आगोमा जलिन् ।

किशोरीलाई आमाबुवाले फ्ल्याटको एक कोठामा थुनिदिएका थिए । श्रवणी चौहान नाम गरेकी किशोरीका बुवा वकोला प्रहरी चौकीमा काम गर्दथे । दिउँसो करिब पौने १ बजे छिमेकीले घरबाट धुँवा उडेको देखेपछि प्रहरी र दमकललाई फोन गरिएको थियो ।।

दमकलले आएर आगो निभाउन झण्डै १ घण्टाभन्दा लामो समय लाग्यो । त्यसबीचमा अन्य फ्ल्याटमा भएका सबै बाहिर निस्कन भ्याएपछि उनको ढोका बाहिरबाट ताला लागेको हुनाले उनि त्यहाँबाट निस्कन पाइनन् ।

फ्ल्याटको ताला फोरेर प्रहरी कोठाभित्र पस्दा उनको शरीर जलिसकेको थियो । उनलाई अस्पताल पुर्याइएपनि डाक्टरले उनलाई मृत घोषणा गरिसकेका द इंडियन एक्सप्रेसले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया