७० फीट गहिरो ज्वालामुखीको खाल्डोमा खसे सैनिक

४ बर्ष अगाडि

काठमाडौँ – ज्वालामुखीको दृष्य नजिकबाट हेर्न खोज्दा एक सैनिक जवान ७० फीट गहिरो खाल्डोमा खसेका छन् ।

होटल नजिकैको स्टिल रेलिङबाट दृष्य हेर्न खोज्दा खुट्टा फुत्कीएर सैनिक जवान ज्वालामुखी खाल्डोमा खसेका हुन् । प्रत्यक्षदर्शीका अनुसार बुधबार ६ बजेर ३० मिनेट आसपासमा घटना घटेको थियो ।

घटना संयुक्त राज्य अमेरीकाको हो । हवाई पाहोवास्थित ‘किलौइया ज्वालामुखी’को दृष्य मजैले नियाल्न खोज्दा उनी खाल्डोमा खसेका थिए । ३०० फीट गहिरो ज्वालामुखी खाल्डोमा खसेका जवान ७० फीट गहिराईँमा एक चट्टानमा अड्कीएका थिए । एक व्यक्तिले खाल्डोमा व्यक्ति खसे लगत्तै आकस्मिक उद्दार कक्षमा खवर गरेपछि एअरलिफ्टको माध्यमाबाट बचाइएको हो ।

ओआहुको स्कोफील्ड बराक्समा कार्यरत सैनिक जवान तालिमको शिलशिलामा बिग आइलेंडमा गएका थिए । सुरक्षा घेरालाई ध्यानमा नराखी दृष्य हेर्न बढि केन्द्रित हुँदा सैनिक जवान खाल्डोमा खसेको बताइएको छ ।

किलौइआ ज्वालामुखी हाल विस्फोट भएको छैन । तर सन २०१८ मा यहि ज्वालामुखीमा परि ७०० भन्दा बढी घरहरु नष्ट भएका थिए ।एजेन्सी ।

४ बर्ष अगाडि

प्रतिक्रिया