बैंकबाट आएको भन्दै जब ३ जनाले १ लाख ६ हजार रुपैयाँ उठाए !

४ बर्ष अगाडि

मोरङ – नगद ठगी गरेको अभियोगमा ग्रामथान-६ बनिगाउँ बस्ने ३० वर्षीया मिना चौधरी र आशु कुमारी चौधरी आइतबार दिउँसो पक्राउ परेका छन् । 

मिना र आशु कुमारी समेत ३ जनाले बेलबारी-९ डागा बजार बस्ने ३५ वर्षीय धनु खवास लगायत २० जनालाई भेला जम्मा गरी आफूहरु आरएन बैंक बिराटनगरबाट आएको र बिना धितो तत्काल २ लाख ऋण दिन्छौ भनि उनीहरुको नागरिताको फोटोकपी र नगद ५ हजारका दरले १ लाख ६ हजार रुपैयाँ उठाएर लिएका थिए । 
 
उनीहरुले ठगी गरेको बुझिन आएकोले पीडितहरुले नै दुबै जनालाई फेला पारी कानुनी कारबाही गरी ठगी भएको रकम अशुल उपर गरी दिनहुन भनी अस्थाई प्रहरी चौकी डाँगा बजारमा बुझाएका हुन् । 

ठगीमा संलग्न फरार १ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धन गरिरहेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया