डाबर नेपालको नयाँ प्रस्तुति 'रियल मिक्स्ड फ्रुट मसला'

४ बर्ष अगाडि

काठमाडौँ – फ्रुट जुसको बजारमा आफ्नो बर्चस्व कायम गर्न सफल रियलले उपभोक्ताहरुलाई अझ बढी छनौट प्रदान गर्न चटपटा र स्पाइसी मसला स्वादका प्रेमीहरुलाई मसला स्वादको फ्रुट जुस प्रस्तुत गरेको छ ।

यो रियल मसला शृँखला अन्तर्गत मिक्स्ड मसला पहिलो त्यस्तो विकल्प हो, जसले हाम्रा आदरणीय उपभोक्ताहरुलाई थप खुशीको अनुभूति प्रदान गर्नेछ ।

रियल मिक्स्ड फ्रुट मसला “असली र चटपटा मसलाहरुका साथ घोलेर तयार पारिएको आनन्दकारक फलहरुको रियल गुण” ले भरपूर जुस हो, जसले तपाईंलाई घनीभूत स्वादको मज्जा दिनेछ ।

रियल मिक्स्ड फ्रुट मसला आकर्षक टेट्रा प्याकमा उपलब्ध छ र यसको आकर्षक बजार मुल्य १ लिटरको रु.२००/ र २०० मिलिको रु.२५ कायम गरिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया