उपाधिसँगै गल्फरलाई प्रेमिकाको चुम्बन

४ बर्ष अगाडि

एजेन्सी – गल्फमा युएस पिजिए च्याम्पियनसिप महत्वपूर्ण मानिन्छ । सिजनकै मुख्य गल्फ प्रतियोगिता पिजिएको अन्तिम चरण रोमाञ्चकताले भरियो ।

साबिक विजेता ब्रुक्स कोएप्क उपाधि रक्षासँगै नम्बर एक गल्फर बन्दा सबैभन्दा खुसी उनकी प्रेमिका जेना सिम्स देखिइन् । प्रतियोगिताभर सिम्सले प्रेमी ब्रुक्सलाई हौसला दिएकी थिइन् । जब ब्रुक्सले उपाधि रक्षा गरेको नतिजा बाहिर आयो, सिम्सले गल्फ कोर्समै उनलाई मीठो चुम्बन दिइन् । 

सिम्स अचानक रोमान्टिक हुँदा ब्रुक्सले पनि प्रेमिकालाई साथ दिए । त्यसपछि पुरस्कार वितरण कार्यक्रम नहुँदासम्म दुवै सँगै उभिए । ब्रुक्सले च्याम्पियनसिप ट्रफी हात पारेपछि पुनः एकपटक सिम्सले चुम्बन गरिन् । गल्फ कोर्समा प्रेमिका वा श्रीमती सँगै रहनु कुनै नौलो पक्ष भने होइन । तर, उपाधि विजेता खेलाडीलाई प्रेमिकाले खुलेआम पटक–पटक चुम्बन गर्नुलाई स्थानीय एजेन्सीहरूले अनौठो मानेका छन् । ब्रुक्सले आफ्नी प्रेमिका सिम्सको व्यवहार एकदम नौलो लागेको बताएका छन् । ‘मसँग त्यो क्षणका लागि कुनै शब्द छैन,’ लजाउँदै ब्रुक्सले भने, ‘यो सबै अचानक भयो ।’ 

४ बर्ष अगाडि

प्रतिक्रिया