पाँचथर हत्या प्रकरणः तालिमप्राप्त कुकुरसहित सीआईबीको टोली खटियो

४ बर्ष अगाडि

पाँचथरमा ९ जनाको हत्या घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी उमाप्रसाद चतुर्वेदीको नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ ।

एसपी चतुर्वेदी, प्रहरी निरीक्षक र २ जना जवानसहित ४ जनाको टोली घटनास्थलतर्फ गएको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले बताए । 


टोलीसँगै संघीय प्रहरी इकाई धरानबाट तालिमप्राप्त कुकुरहरू पनि लगिएको पोखरेलले बताए ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ मा सोमवार राति ९ जनामाथि धारिलो हतियार प्रयोेग गरी हत्या भएको छ ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया