विश्वकपमा सर्वाधिक अर्धशतक बनाउने ब्याट्सम्यान

४ बर्ष अगाडि

एजेन्सी – 

ग्राहम गुच, इंग्ल्यान्ड (८)
इंग्लिस खेलाडी ग्राहम गुच आफ्नो समयका राम्रा ब्याट्सम्यानमा पर्थे । इंग्ल्यान्डबाट तीन विश्वकप खेल्दा उनले आफ्नो नाममा आठ अर्धशतक लेखाए । यो विश्वकपमा एक ब्याट्सम्यानले प्रहार गरेको तेस्रो सर्वाधिक अर्धशतक हो । सन् १९७९, ८७ र ९२ को विश्वकप खेलेका गुचले ४४.८५ को औसतमा ब्याटिङ गरे । दायाँहाते ब्याट्सम्याच गुचले सन् १९८७ मा भारतविरुद्ध एक सय १५ रनको शतकीय इनिङसमेत खेले । विश्वकपमा उनले अस्ट्रेलिया, श्रीलंका र वेस्टइन्डिजविरुद्ध समान दुई अर्धशतक प्रहार गरेका छन् । उनले भारत र न्युजिल्यान्डविरुद्ध समान एक अर्धशतक बनाएका छन् ।

मार्टिन क्रोए, न्युजिल्यान्ड (८)
न्युजिल्यान्डको क्रिकेट इतिहासमा मार्टिन क्रोए प्रसिद्ध ब्याट्सम्यानका रूपमा परिचित छन् । मार्टिनको नाम लिँदा धेरैले सन् १९९२ को विश्वकप सम्झने गर्छन् । सो विश्वकपमा मार्टिनले एकल प्रयासमै न्युजिल्यान्डलाई विश्वकपको सेमिफाइनलमा पु¥याएका थिए । सो विश्वकपमा मार्टिनले नौ खेलमा चार सय ४८ रन जोडेका थिए । मार्टिनले तीन विश्वकपबाट आठ अर्धशतक बनाएका छन् । सन् १९८३, ८७ र ९२ को विश्वकप खेलेका मार्टिनले आठ अर्धशतक बनाउन २१ खेल खेले ।

हर्सल गिब्स दक्षिण, अफ्रिका (८)
हर्सल गिब्सलाई दक्षिण अफ्रिकाका नम्बर एक ओपनर ब्याट्सम्यानका रूपमा लिइन्छ । आधुनिक क्रिकेटमा आकर्षक स्ट्रोक लगाउनुका साथै रनरेट उकास्ने श्रेय गिब्सलाई पनि जान्छ । गिब्सले तीन विश्वकपबाट आठ अर्धशतक बनाएका छन् । यसक्रममा उनले २५ खेल खेले । सन् १९९९, २००३ र २००७ को विश्वकपमा सहभागिता जनाएका गिब्सले एक हजार ७६ रन बनाएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया