मेरो माइक्रोफाइनान्सको शेयर आज देखि लिलामीमा,गर्ने होइन लगानी ?

४ बर्ष अगाडि

काठमाडौँ – मेरो माइक्रोफाइनान्स लघुवित्तले सर्वसाधारण समूहको २ लाख ९ हजार ६४९ कित्ता शेयर  आज (मंगलबार) देखि लिलामी खुला गरेको छ । यस शेयरमा प्रतिकित्ता न्यूनतम १०० रुपैयाँलाई आधार मानेर १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ। उक्त शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । 

कम्पनीले यस अघि  गत फागुन १९ देखि चैत्र २४ गतेसम्म १०० प्रतिशत हकप्रद सेयर बिक्री गरेको थियो । कम्पनीले १ बराबर १ को  अनुपातमा ३२ लाख ८९ हजार कित्ता हकप्रद शेयर बिक्री खुला गरिएकोमा ३० लाख ७९ हजार ३५१ कित्ता मात्र बाँडफाँट भएको थियो । त्यसबेला बिक्री हुन बाँकी रहेको सेयर अहिले लिलामी गर्न लागिएको हो ।लगानीकर्ताले यसमा जेठ १४ गते अपरान्ह ३ बजे भित्र आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, जमल काठमाडौंबाट बोलपत्र पेश गर्न सकिने छ । यस्तै, ग्लोबल आइएमई बैंकको बिर्तामोड, जनकपुर, हेटौंडा, विराटनगर, नारायणढ, वीरगञ्ज, पोखरा, बाग्लुङ्ग, दाङ,  नेपालगञ्ज, सुर्खेत, बुटवल, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिनेछ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया