सन्न्यासपछि के गर्लान् धोनी ?

४ बर्ष अगाडि

क्रिकेटमा सफल कप्तान मानिन्छन् , महेन्द्रसिंह धोनी । यही ३० मेबाट सुरु हुने विश्वकप क्रिकेटपछि ३७ वर्षीय धोनीले सन्न्यास लिन सक्ने अनुमान भइरहेकाे छ । यससँगै सन्न्यासपछि उनले के गर्लान् भन्ने चासो धेरैको छ ।

यसबारे हाले महेन्द्रसिंह धोनीले नै खुलासा गरेका छन् । उनले आफूले बाल्यकालदेखि नै चित्रकार बन्ने चाहना रहेको भन्दै क्रिकेटबाट सन्न्यास लिएपछि चित्रकार बन्ने बताएका छन् ।

आईसीसी विश्वकपपछि सन्न्यासको चर्चाबीच आफ्ना केही पेन्टिङ प्रदर्शन गर्दै एक भिडियोमा उनले भने, ‘म तपाईंहरुसामु एउटा गोप्य कुरा सार्वजनिक गर्न चाहन्छु । बाल्यकालदेखि नै चित्रकार बन्ने चाहना थियो । मैले धेरै क्रिकेट खेलें । त्यसकारण, अब मेरो बाल्यकालको सपना पूरा गर्ने समय आयो त्यसैले मैले केही पेन्टिङ बनाएको छु ।’

धोनी टी–२०, वान डे र आईसीसी च्याम्पियन्स ट्रफी विजेता एक्लो कप्तान हुन् ।

उनले बनाएका पेन्टिङमा पहिलो दृश्य प्राकृतिक, दोस्रो भविष्यको सवारीसाधन र तेस्रोमा आईपीएलमा चेन्नाईबाट खेलिरहेको दृश्य छ । उनले आफूले छिट्टै चित्रकला प्रदर्शनीमा ल्याउने पनि बताएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया