‘गिनीज बुक अफ वल्र्ड रेकडस्’मा कपिल शर्माको नाम

४ बर्ष अगाडि

मुम्बई – चर्चित कमेडियन कपिल शर्माका शोले अहिले राम्रो टिआरपी हासिल गरिरहेको छ । कपिलको फ्यानका लागि अर्काे खुसीको खबर पनि थपिएको छ । कपिलको नाम गिनीज बुक अफ वल्र्ड रेकडस्मा समेत दर्ता भएको छ ।

कपिल भारतको सबैभन्दा राम्रो कमेडियन मध्यका एक हुन् । उनले कमेडि दुनियामा बिना कसैको साथ सफलता हासिल गरेका हुन् । अहिले उनी त्यो उचाहीमा छन् । जुन उचाही मानिस सिर्फ सपनामा देख्ने गर्दछन् । केही बिवादलाई छोड्ने हो भने उनले सिर्फ सफलता मात्र हासिल गरेका छन् । 

कपिलले गतबर्ष प्रेमीका गिन्नी चतरथसँग बिवाह गरेका थिए । यसै बर्ष उनी एकबर्ष पछि कमेडिमा फर्किएका पनि हुन् । कपिललाई भारतको सबैभन्दा बढी देखिने कमेडियनको रुपमा गिनीज बुक अफ वल्र्ड रेकडस् लन्डनले सम्मान दिएको हो । रेकर्डस् प्रमाणपत्र पछि कपिलले परिवार र साथीलाई धन्यवाद दिएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया