होसियार! उभिएर खानेकुरा खानुहुन्छ ?

४ बर्ष अगाडि

अहिले फास्टफुड कल्चर मौलाएको छ । सबैलाई हतारो छ र हतारोकै वीचमा खानेकुरा पनि खानु छ । यस्तो अवस्थामा धेरैले उभिएरै आफ्नो पेट भर्छन् । पानीपुरी, चटपटेदेखि अन्य खानेकुरा पनि उभिएर खान्छन् । कतिपयले त घरमा समेत उभिएर खानेकुरा खान्छन् । हतार, हतार ।

उभिएर खाना खानु कति मानिसको दैनिकी हुनसक्ला । कतिको बानी हुनसक्ला । तर, उभिएर खाना खानु जति सहज लाग्नसक्छ, यसले स्वास्थ्यमा पनि उत्तिकै नकारात्मक समस्या निम्त्याउन सक्छ ।


विशेषगरी, उभिएर खाँदा खाना त मज्जाले खाइन्छ । तर, कति खाए भन्ने अन्दाज समेत  हुँदैन । जसले गर्दा उभिएर खाना खाँदा शरीरको क्यालोरी त बर्न गर्छ । तर साथमा, ओभर इटिङ्गको पनि समस्या निम्त्याउँछ । फेरी, बसेर खानुमा जति मजा छ, त्यो मजा उठेर खानुमा कहाँ ?

उभिएर खानुको अर्को बेफाइदा भनेको पाचनको हो । उभिए खानेकुरा खाँदा शरीरको पाचन तन्त्रले सही तरीकाले काम गर्दैन, जसका कारण पाचन शक्ति कमजोर हुने गर्छ ।

-र, पाचन तन्त्र कमजोर भएमा अपचको समस्या निम्तिने गर्छ ।

-त्यतिमात्र हैन, यसले हाम्रो एकाग्रता तथा मानसिक स्वास्थ्यमा समेत पार्ने गर्छ । उभिएर खाँदा हाम्रो ध्यान विभिन्न कुरामा भट्किने गर्छ । जसका कारण एकाग्रतामा समेत कमी आउने गर्छ । र, मानसिक स्वास्थ्यमा समेत असर पर्ने गर्छ ।

– त्यतिमात्र हैन, यसले आन्द्रालाई समेत खुम्च्याउने गर्छ । नतिजा, स्वास्थ्य सम्बन्धि विभिन्न समस्या निम्तने गर्छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया