९ जनाको हत्या तथा अर्का एक जनाको  आत्महत्या  सम्बन्धमा के भन्छ प्रहरी ?

४ बर्ष अगाडि

पाँचथर-  मिक्लाजुङ गाउँपालिका-३ आरुबोटेमा धारिलो हतियार प्रहारबाट ९ जनाको हत्या भएको र अर्का १ जनाको झुन्डिएर मृत्यु भएको घटनाका सम्बन्धमा प्रहरीबाट सुक्ष्म अनुसन्धान भइरहेको जनाइएको छ ।

            घटनाको खबर प्राप्त हुनासाथ १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट प्रदेश अनुसन्धान समूह, संघीय प्रहरी ईकाइ कार्यालय धरानबाट प्रहरी वरिष्ठ उपरीक्षक शरद खत्रीको टोली, क्षेत्रीय अनुसन्धान समूहबाट तालिम प्राप्त कुकुर सहित र जिल्ला प्रहरी कार्यालय समेतबाट प्रहरी टोली खटिई गई घटनाका सम्बन्धमा गहन रुपमा थप अनुसन्धान गरिरहेको हो । साथै केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंज काठमाडौंको टोली समेत घटनास्थलतर्फ खटि गएको छ ।  

 

घटनास्थलमा ३४ वर्षीय धनराज शेर्मा लिम्बुको घरमा निज धनराज, उनकी श्रीमती ३५ वर्षीया जस्मिता फियाक, उनकी छोरीहरु १२ वर्षीया युहाना शेर्मा, १० वर्षीया मुना शेर्मा र ८ वर्षीया ईच्छा शेर्मा समेत ५ जना तथा सोही ठाउँस्थित धनराजको ससुराली घरमा ७५ वर्षीय बम बहादुर फियाक, उनकै श्रीमती ७० वर्षीया पुर्सि माया फियाक, छोरी ३५ वर्षीया मन कुमारी फियाक र  नातिनी १० वर्षीया आसे कुमारी फियाक समेत ४ जना गरी जम्मा ९ जना मंगलबार बिहान मृत अवस्थामा फेला परेका थिए ।

 

अनुसन्धानको क्रममा शंकित रुपमा खोजी गरिएका सोही गाउँपालिका-७ लिम्बा बस्ने ३१ वर्षीय मन बहादुर माखिम ४० किलोमिटर पूर्व सोही गाउँपालिका-८ कम्फुखोला नजिक जंगलमा मलेदोको रुखमा नाईलनको डोरीले पासो लगाई झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया