यस्तोपो रहेछ निधारमा तिलक लगाउनुका वैज्ञानिक कारण !

४ बर्ष अगाडि

एजेन्सी – सदियौ देखि चलिआएको निधारमा तिलक लगाउने प्रकृया हिन्दु धर्मको एक पहिचान हो । हिन्दु धर्मवलम्वीहरुले निधारकोबीच भागमा तिलक लगाउने गर्छन । हिन्दु धर्म मान्ने मानिसहरुले विहान तिलक लगाउने गर्छन् ।

तिलक बेसार, सिन्दुर, केशर, खरानी र चन्दन आदी मिसाएर बनाइएको हुन्छ । तिलक लगाउने प्रथा आज होइन सदियौ देखि चलिआएको छ । युद्धमा जाने समय राजा महाराजा पनि तिलक लगाएर युद्धमा जाने गर्थे । आज पनि सैनिक जब युद्धमा जान्छन उनीहरुलाई सफलताको कामना गर्दै तिलक लगाइदिने परम्परा छ । जब घरको कुनै सदस्य बाहिर जान्छ । तब उसलाई पनि सफल यात्रा शुभ रहोस भनेर तिलक लगाएर विदा गरिन्छ ।

तिलक लगाउँदा के हुन्छ रु यसको पछाडीको कारण के छ र सदियौ देखि यो प्रथा चल्दै आएको छ रु यो धेरैका मनमा उव्जने प्रश्न हो । तर यसका केही वैज्ञानिक कारणहरु पनि छन् । हाम्रो शरिरमा सुक्षम उर्जा केन्द्र हुन्छ । यसैमध्ये एक हो आज्ञाचक्र । जो निधारकोबीचमा हुन्छ । जहाँ तिलक लगाइन्छ । आज्ञाचक्रलाई शरीरको सबैभन्दा पूजनीय स्थान मानिन्छ । यसैबाट पुरैै शरिर संचालन हुन्छ । यो हाम्रो चेतनाको मुख्य स्थान पनि हो ।

साधारणतया तिलक बनाउनका लागि चन्दन प्रयोग गरिन्छ । चन्दन लगाउनाले मस्तिष्कमा शान्ति हुन्छ । चन्दन लगाउँदा मस्तिष्क ठन्डा रहन्छ । जब दिमागमा प्रेसर पर्छ तब टाउको दुखेको आभास हुन्छ । तर, चन्दन का तिलक लगाउनाले हम्रो मस्तिष्क कुल हुन्छ र टाउको दुख्ने सम्भावना कम हुन्छ । यही कारण भनिन्छ की जो मानिस सबैरै उठेर नुहाउने र त्यसपछि निधारमा चन्दनको तिलक लगाउछ उसलाई टाउको दुख्ने समस्या कम हुन्छ । यसका साथै चामलको टिका पनि लगाइन्छ । टिका लगाउनुको पछि यस्तो धार्मिक मान्य छ की चामलको टिका लगाउनाले लक्ष्मी अकर्षित हुन्छिन् ।

हिन्दु धर्म मान्नेहरुले निधारमा रातो टिका लगाउछन् । यसको पछाडीको कारण रातो रंग ऊर्जा र स्फूर्तिको प्रतीक मानिन्छ । र तिलक तिलक लगाउनाले सौन्दर्य समेत बढाउँछ । यसका साथै तिलकलाई देवीको आर्शीवादको प्रतिक समेत मानिन्छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया