राष्ट्रपतिलाई स्वागत गर्न तयार पिच बुधबार साँझै पानीले भत्कायो

४ बर्ष अगाडि

काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतका लागि ओखलढुंगा सदरमुकाममा हतारमा गरिएको पिच केही घण्टामै भत्किएको छ । 
सडकमा वर्षौँदेखि परेको खाल्डाखुल्डी पुर्दै बुधबार गरिएको पिच साँझ आएको मुसलधारे पानीले बगाएको हो । 
सिद्धिचरण पार्क, गणेश मन्दिर चोक, नयाँ हुलाकमार्ग, भैरव टोल, पुरानो हुलाक डाँडादेखि रामबजारसम्मका दर्जनौं खाल्डा पुर्दै दिनभर पिच गरिएकोमा अधिकांश पिच साँझको पानीले बगाएको हो । युगकवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्तीको अवसरमा उनको पूर्णकदको शालिक र स्रष्टापार्क उद्घाटनका लागि बिहीबार राष्ट्रपति ओखलढुंगा आउने कार्यक्रम रहेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया