उत्तर कोरियाको मुख्य परमाणु परीक्षण केन्द्र भत्कियो, यस्तो छ रहस्यमय खुलासा

५ बर्ष अगाडि


काठमाडौं–उत्तर कोरियाको मुख्य आणविक केन्द्र माथि रहेको पहाड विष्फोटको असरले केन्द्रमाथि भत्केको छ । यो कारणले त्यहाँ थप परिक्षण गर्न असुरक्षित हुनुका साथै उक्त दुर्घटनामा परमाणु विकिरण चुहिएको हुन सक्ने तथ्यहरु बाहिर आएका छन् ।
चीनको युनिभरसिटी अफ साइन्स एण्ड टेक्नोलोजीका वैज्ञानिकहरुले गरेको अध्ययनले यो कुरा पत्ता लगाएको हो । यो कुरा सार्बजनिक भए पछि उत्तर कोरिली राष्ट्रपतिले हालसालै आफ्नो देशको आणविक परिक्षण कार्यक्रम रोक्ने घोषणाको कारणमा पनि प्रकाश परेको जस्तो देखिन्छ ।
आणविक विष्फोटले अत्यधिक ठूलो मात्रामा ताप र उर्जा उत्सर्जित गर्छ र सेप्टेम्बरमा उत्तर कोरियाले गरेको सबैभन्दा ठूलो परिक्षणले केन्द्र अस्थिर भएको विश्वास गरिएको थियो ।
चीनको यो अध्ययनका लागि सेप्टेम्बर ३ मा भएको परिक्षण लगतै लिइएको तथ्याङ्कहरु प्रयोग गरिएको थियो । सो परिक्षणले गर्दा त्यसको केही हप्ताहरुसम्म चार भूकम्पहरु गएका थिए । यसले उत्सर्जित गरेको उर्जा १०० किलोटन टीएनटी मानिएको छ । अमेरिकाले सन् १९४५ मा जापानको हिरोसिमा पड्काएको अणु बलमे १५ किलोटन उर्जा उत्सर्जित गरेको थियो ।
चीनको वैज्ञानिकहरुको प्रकाशित गरेका लेखमा उत्तः विष्फोटको साढे आठ मिनेटमा आएको पहिलो भूकम्प “आणविक परिक्षण केन्द्रमा भएको क्षति”ले निम्त्याएको देखिएको हो ।
“अध्ययनले मन्टप्सनमा रहेको उत्तर कोरिलायी आणविक परिक्षण केन्द्र भत्किएको देखाएकाले त्यो विनासका कारण त्यो केन्द्रबाट कुनै आणविक तत्वको चुहावट भएको छ कि भन्ने थप निगरानी गर्नु पर्ने आवश्यक देखिन्छ ।” सो अध्ययनका लेखकहरुले सोमबार भने ।
उत्तर कोरियाको आणविक परिक्षणमा बेइजिङ्गको विशेष चासो रहेको छ । किल्जु शहर नजिक रहेको त्यो केन्द्र चीनको सिमानाभन्दा १०० किलोमिटर मात्र टाढा रहेको छ ।
उत्तर कोरियाली आणविक परिक्षणले चीनका सिमाना नजिक रहेका शहरहरुमा भूकम्पीय धक्का महसुस गरिएको थियो । यसका कारणले स्कुल र कार्यालयहरु बिदा दिइएको थियो । यो घटनाले गर्दा निस्किएका विकिरणहरु हावाले उडाएर ल्याउने हो कि भन्ने डर पनि बढेको थियो । 
शनिबार उत्तर कोरियाले आफ्नो परिक्षण केन्द्र बन्द गर्ने र आणविक र अन्तरमहादेशिय व्यालेष्टिक मिसाइल परिक्षण रोक्ने घोषणा गरेको थियो । यो कदमलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ठूलो प्रगति’ भनेर स्वागत गरेका थिए । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया