आरती पावरले भोजपुरमा १४ मेगावाटको इर्खुवाखोला जलविद्युत् आयोजना बनाउने

४ बर्ष अगाडि

काठमाडौं – आरती पावर कम्पनी लिमिटेडले १४.५ मेगावाटको इर्खुवाखोला जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ ।

आयोजना निर्माणका लागि बैङ्क तथा वित्तीय संस्थाबाट कर्जाको अख्तियारी लिन आरतीले जेठ २९ गते ३ आर्थिक वर्षको साधारणसभा बोलाएको छ । कम्पनीले पहिलो, दोस्रो र तेस्रो साधारणसभा एकैपटक गर्न लागेको जनाएको छ ।

कम्पनीले बैङ्क तथा वित्तीय संस्थाबाट रु १ अर्ब ८२ करोड ऋण लिन  लिन लागेको कार्यकारी सञ्चालक प्रकाश दुलालले बताए । साधारणसभाबाट अनुमति पाएपछि ऋण लिने प्रक्रिया अघि बढ्न छ ।आयोजना बनाउन रु २ अर्ब ६० करोड लाग्ने अनुमान गरिएको छ ।

जसअनुसार ७८ करोड स्वपुँजी र बाँकी कर्जाबाट जुटाउने तयारी कम्पनीको छ । साधारणसभामा कम्पनीको अधिकृत र जारी पुँजी बढाएर रु ८० करोड पुर्याउने  प्रस्ताव राखिनेछ ।

नेपाल विद्युत प्राधिकरणसँग विद्युत् खरिदबिक्री सम्झौता भइसकेको छ । विद्युत् विकास विभागबाट विद्युत् उत्पादन अनुमतिपत्र पाउन भने बाँकी छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया