जित नजिक पुगे गौतम गम्भीर !

४ बर्ष अगाडि

नयाँदिल्ली – भारतको लोकसभा निर्वाचनमा केही सेलिब्रेटी उम्मेद्वार जितको नजिक पुगेका छन् । आधाजति मतगणना हुँदा स्पष्ट अग्रता लिएका उनीहरु खेल वा कलाकारिता जीवनबाट अब सांसदको जीवनमा प्रवेश गर्न लागेका छन् । 

पूर्वी दिल्लीबाट भारतीय जनता पार्टीको उम्मेद्वार बनेका पूर्वक्रिकेटर गौतम गम्भिरले अहिलेसम्म एक लाख ५० हजारभन्दा धेरै मतको अग्रता लिएका छन् । उनले तीन लाख दश हजार मत पाएका छन् भने भारतीय कांग्रेसका उम्मेदवार अरविन्दर सिंह लभ्लीले एक लाख ५३ हजार मत ल्याएका छन् । आम आद्मी पार्टीकी आतिशीले एक लाख १० हजार मत ल्याएकी छन् । 

दिल्लीको सातै निर्वाचन क्षेत्रमा भाजपाले अग्रता लिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया