सरकारी जग्गा घोटाला प्रकरण: छानबिन गर्न चार सदस्सीय समिति गठन

४ बर्ष अगाडि

काठमाडौं– गत जेठ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ११ वटा निर्णय गरेको छ ।  

बैठकको निर्णय सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका हुन् । 

बैठकले सरकारी जग्गा घोटाला प्रकरणमा छानबिन गर्न चार सदस्सीय छानबिन समिति गठन गरेको छ।  

बैठकले सरकारी, सार्वजनिक र गुठीको जग्गा संरक्षणसम्बन्धी जाँचबुझ गर्न झापाका मोहन भट्टराईको अध्यक्षतामा ४ सदस्यीय आयोग गठन गरेको हो । आयोगको सदस्यमा जानकी अधिकारी, दुर्गा दाहाल र जगत बहादुर देउजा रहेका छन् । 

सरकारको नीति तथा कार्यक्रममा एक वर्षभित्र भूमाफियालाई कारबाहीको दायरामा ल्याउने उल्लेख भए बमोजिम आयोग गठन गरिएको बास्कोटाले पत्रकार सम्मेलनमा  जानकारी दिए । 

मन्त्रिपरिषद्ले मेलम्ची परियोजनाको सुरुङ निर्माणका क्रममा विशेष परिस्थिति सिर्जना भएकाले आयोजनाको गर्न बाँकी काम तत्काल अघि बढाउन आवश्यक प्रक्रिया तत्काल थाल्ने निर्णय पनि गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया