हेमा मालिनी दुई लाख भन्दा धेरै मतले अगाडि

४ बर्ष अगाडि

नयाँदिल्ली – भारतीय लोकसभा निर्वाचनको मतगणना भारतको लोकसभा निर्वाचनमा केही सेलिब्रेटी उम्मेद्वार जितको नजिक पुगेका छन् ।

आधाजति मतगणना हुँदा स्पष्ट अग्रता लिएका उनीहरु खेल वा कलाकारिता जीवनबाट अब सांसदको जीवनमा प्रवेश गर्न लागेका छन् । उत्तर प्रदेशको मथुरा निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेकी हेमा मालिनीले निकट प्रतिद्वन्द्वी उम्मेद्वारलाई दुई लाख भन्दा धेरै मतले पछि पारेकी छन् । उनले ५ लाख २३ हजार मत ल्याएकी छन् भने उनका प्रतिद्वन्द्वी कुँवर नरेन्द्रसिंहले २ लाख ९५ हजार मत ल्याएकी छन् ।

यसअघि चुनावी प्रचार अभियानमा किसानको बारीमा गहुँ काट्दै गरेको उनको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया