प्रधानमन्त्री ओलीले भने: निजी विद्यालय तत्काल बन्द हुँदैन

४ बर्ष अगाडि

काठमाडौँ – प्रधानमन्त्री केपी ओलीले तत्काल निजी विद्यालय बन्द गराउने पक्षमा सरकार नरहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले निजी क्षेत्रले शिक्षामा गरेको लगानी सुरक्षित हुने स्पष्ट पारे । उनले सरकारी विद्यालयमा गुणस्तरीय शिक्षाको व्यवस्था गरेपछि निजी क्षेत्रका विद्यालय आफै बन्द हुने तर्क गरे । 

बिहीबार काठमाडौंमा सुरु भएको हिसान शैक्षिक मेला उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारी विद्यालयको स्तरमाथि उठाएपछि निजी क्षेत्रमा पढाउन कसैले पनि नलैजाने बताए । तर सरकारी विद्यालयले गुणस्तरीय शिक्षा नदिएसम्म निजी विद्यालय चलाउन पाउने प्रधानमन्त्री ओलीको भनाई छ । 

‘प्रतिस्पर्धाको जवाना छ । मैले निजी क्षेत्रलाई भनेको छु ( निजी क्षेत्रलाई खतरामा पारिनेछ । सामुदायिक शिक्षालयहरुको स्तर यसरी माथि उठाईन्छ, निजी क्षेत्रको विद्यालयमा पैसा बुझाउन कोही आउँदैनन् ।,’ ओलीले भने, ‘जब सामूदायिक विद्यालयको शिक्षा गुणस्तरीय र निःशुल्क हुन्छ, तब निजी विद्यालय आफै बन्द हुन्छन् ।’
 

४ बर्ष अगाडि

प्रतिक्रिया