कन्हैया कुमार चार लाख मतले पराजित

४ बर्ष अगाडि

नयाँदिल्ली – भारतको लोकसभा निर्वाचनको चर्चित विद्यार्थी नेता कन्हैया कुमार केन्द्रीय मन्त्री गिरिराज सिंहसँग करिब चार लाख मतले पराजित भएका छन् । 

भारतीय जनता पार्टीका उम्मेद्वार सिंहले ६ लाख ६८ हजार मतसहित जित हात पारे । कन्हैयाले २ लाख ६१ हजार मत ल्याए ।

कन्हैया भारतीय कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका थिए । तेस्रो स्थानमा रहेका राष्ट्रिय जनता दलका मोहम्मद तनविर हसनले एकलाख ९४ हजार मत ल्याएका थिए । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया