शिक्षाका १५६ कर्मचारी छड्केमा

ajaako_artha

काठमाडौँ–राष्ट्रिय सतर्कता केन्द्रले शिक्षाका चार कार्यालयमा आज अनुगमन गर्दा १५६ कर्मचारी छड्केमा परेका छन् । 

    केन्द्रको अनुगमन टोलीले पाठ्यक्रम विकास केन्द्र, शिक्षा तथा मानवस्रोत केन्द्र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् र राष्ट्रिय परीक्षा बोर्डको अनुगमन गर्दा ती कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरिएको सतर्कता केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिए । 
कार्यालयको समय पालना नगर्ने तथा पोशाक नलगाउने कर्मचारी कारवाहीमा परेका हुन् । कारवाहीका लागि सिफारिस गरिएकामध्ये ९८ ले समयको पालना नगरेको तथा ५८ ले पोशाक नलगाएको पाइएको छ । 

    छड्केमा परेका कर्मचारीलाई प्रचलित नियमअनुसार सम्बन्धित कार्यालयलाई कारवाहीका लागि सिफारिस गरिएको लामिछानेले बताए । 

पाठ्यक्रम विकास केन्द्रमा समयको पालना नगर्ने सात जना, पोशाक नलगाउने एक जना, मानवस्रोत केन्द्रका समय पालना नगर्ने ११ र पोशाक नलगाउने चार जना, परिषद्का समय पालना नगर्ने ४० र पोशाक नलगाउने ३७ जना तथा परीक्षा बोर्डका समय पालना नगर्ने ४० र पोशाक नलगाउने १६ जनालाई कारवाहीका लागि सिफारिस गरिएको छ । 

यसैगरी सतर्कता केन्द्रले अहिलेसम्म ४४ जिल्लाका ८३१ सरकारी कार्यालयमा अनुगमन गर्दा दुई हजार २५९ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको जनाएको छ । 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१०२.२०१०२.८०
European Euro१२७.३५१२८.१०
UK Pound Sterling१४४.३३१४५.१७
Swiss Franc१०९.७४११०.३८
Australian Dollar८१.०३८१.५०
Canadian Dollar८२.२६८२.७५
Singapore Dollar७७.४५७७.९१