(Monday, 17 June, 2019)
By: आजको अर्थ
जेठ १०, २०७६

काठमाडौं– भारतीय लोकसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । अब १९ सिटको नतिजा आउन बाँकी रहँदा भारतीय जनता पार्टी (भाजपा) ले भारी बहुमत ल्याएको छ । सो पार्टीले ३४५ सिटमा जित हासिल गर्नुका साथै थप ८ स्थानमा अग्रता कायमै बनाएको छ । 
यस्तै काँग्रेसले ९६ स्थानमा मात्रै जित हासिल गरेको छ । उसको कुनै स्थानमा अग्रता देखिँदैन । 
यसैगरी समाजवादी पार्टी र बहुजन समाज पार्टीको गठबन्धनले १५ सिट जितेको छ भने तृणमुलले २२ सिटमा जित दर्ता गराएको छ ।  
बहुमतको लागि २७२ सिट जिते पुग्छ । 
 



तपाईको प्रतिक्रिया

यसमा तपाइको मत